फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आतंककारी संगठन अल कायदाको मालीका प्रमुखको फ्रान्सेली सैनिकको कारबाहीमा परी मृत्यु भएको जानकारी दिनुभएको छ । रक्षामन्त्री पार्लीले फ्रान्सेली सैनिकको कारबाहीमा परी अल कायदाको मालीका प्रमुख अब्लेलमार्क ड्रकदेलको ज्यान गएको शनिबार जानकारी दिनुभएको हो । शुक्रबार आफ्नो ट्वीटर पेजमा उहाँले सो कुराको जानकारी दिनुभएको पेरिसबाट प्राप्त भएको समाचारमा जनाइएको छ । मालीमा एक्युएमआई नामक आतंककारी संगठन चलाएको र सो संगठन अलकायदासँग आबद्ध रहेको जानकारी उहाँले दिनुभएको छ । मालीमा सो संगठनले सन् २०१२ देखि नै आतंक मच्चाइ आएको छ । त्यस वर्ष मालीको उत्तरी भूभाग सो संगठनले कब्जा गरेको थियो । पछि उक्त भूभाग फ्रान्सेली सेनाले फिर्ता ल्याएको थियो । उक्त आतंककारी संगठनले सन् २००७ देखि उत्तरी अफ्रिका र साहेलमा पनि सशस्त्र लडाकूहरुमार्फत हिंसात्मक आक्रमण गरी आतंक मच्चाउने गरेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!