कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसका १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ । समितिले १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरूमा जेठ २५ बाट जिल्ला नकट्ने र एक पटकमा सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु राख्नेगरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्नेगरी लामो दुरीमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ । त्यसैगरी असार १ गतेदेखि आधा यात्रुहरू मात्र चढाउने गरी अन्तरिक हवाई सेवासमेत सञ्चालन गर्ने प्रस्ताव उच्चस्तरीय समितिले तयार पारेको छ । तर कोरो’ना संक्र’मणको सयभन्दा बढी केसहरू भएका जिल्लामा यो मापदण्ड लागु हुने छैन । साथै, उच्चस्तरीय समितिले तयार पारेको यो प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछिमात्र लागु हुनेछ ।