अाज ५ जुन अर्थात विश्व वातावरण दिवसका अवसर पारेर लायन्स क्लब अफ बिराटनगर हेल्थ प्राेफेसनले बृक्षाराेपण गरेका छन् । काेभिड १९ काे त्राश र लकडाउनमा बिशेष गरि स्वास्थ्यकर्मीहरु निकै ब्यस्त छन् । यस व्यस्ततामा पनि स्वास्थ्यकर्मीहरु नै अावद्ध भएका लायन्स क्लब अफ हेल्थ प्राेफेसनले बिहानै २५ वटा भन्दा बढि बिशेषत: फलफुलका बिरुवा राेपेका छन् । अहिले लकडाउन रहेकाले सबै जना भेला भएर बृहत कार्यक्रम गर्न नसकिने भएकाले अाफ्नाे घरमा नै कम्तिमा १ बिरुवा राेपाै भन्ने व्हिप जारी गरेकाले याे सम्भव भएकाे क्लबका अध्यक्ष लायन डा. बालकृष्ण साहले बताए । विभिन्न अवसर पारेर ठुलाे संख्यामा बृक्षाराेपण गर्ने गरेकाे भए पनि ती बिरुवाहरुकाे हेरचाह नभएकाले अधिकाश सुकेर जाने देखिन्छ । त्यसैले अाफ्नै बारीमा फलफुलका बिरुवा राेपे त्याे राम्रोसँग हुर्केने बिश्वास लिएका डा. साहले अाफ्ना क्लबका सबै सदस्यहरुलाई फलफुल वा कुनै बिरुवा राेप्न अाग्रह गरेका थिए । यस अभियानलाई सार्थक गर्दै क्लबका अधिकाशं सदस्यले १ वा साे भन्दा बढि बिरुवा राेपेकाले अाज करिब ३० बिरुवा राेपेका छन् । अाज राेपिएका बिरुवामा सबै भन्दा बढि अाप र लिचि रहेका छन् । यश बाहेक कटहर, सजिवन, धुपी अादि रहेकाे अध्यक्ष साहले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!