शुक्रबार, जेठ २३, २०७७ || 900  पटक पढिएको

धनुषा जिल्लाको सबैला नगरपालिकामा बजेटको दुरुपयोग ःस्थानीयको आरोप रहेको छ । सबैला नगरपालिकाका वडा नं.९ (भठिहन)मा रहेका सडकको समस्याले ओहर दोहर गर्न स्थानीयलाई सास्ती भोग्नु परेको छ ।कोरोना महामारीको रोकथामका लागि सरकारले लकडाउन जारी गरेको छ । यो बेला गाउँमा सवारीसाधन चल्दैनन् । सामान्य विरामी हुँदा एम्बुलेन्सको माध्यमबाट अस्पताल ल्याउनुपर्ने बाध्यता भैरहेको बेला बर्षाले सडक अवरुद्ध पर्दा समस्या परेको भन्दै स्थानीयहरुले गुनासो पोखेका छन । तर पनि कुनै किसिमको चासो रहेको छइन जनप्रतिनिधिहरुको एक स्थानीयले गुनासो पोखेका छन । जितेको जनप्रतिनिधिले हेर्दाहेर्दै पनि सो ठाउँको बाटो अहिले सम्म सुधारन सकेनन् । सो बाटोले गर्दा बाताबरण दुर्गन्धित हुदाँ स्थानीयहरु दुःखी हुन थालेका छन । स्थानीयले भने स्थानीयहरुले नगरपालिकाको कर तिर्दातिर्दै पनि नगरपालिकाको सेवा जनतालाई मिल्न सकेका छैन ।

यहाँका स्थानीयहरुले अति आवश्यक कामले पनि बाहिर जाँदा हातमा चप्पल बोकेर गाउँ कटेपछि लगाउँछन । बजेटको चरम दुरुपयोगले बस्ती बीचको सडक अहिले सम्म पनि धान रोप्ने खेत जस्तै हिलाम्मे हुने गर्छ । व्यवस्था परिवर्तन भएर मुलुकमा तीन तहको सरकार छ । तीनै तहको सरकारले सबभन्दा बढी सडकमा नै लगानी गरेका छन । तर समान्य झरी पर्दा त्यही सडकमा हिंड्नै नसक्ने अवस्था आएको छ । स्थानीय तह गठन पश्चात् जनप्रतिनिधिको रोजाइमा सडक नै परे ।
सबैला नगरपालिकाका वडा नं.९ (भठिहन)को सडकमा अहिले पनि हिलो र पानी जमेकै कारण सवारी आवागमन गर्न समेत कठिनाई भएको छ । यस बारे वडावासीहरुले सबैला नगरपालिकाका वडा नं.९ का वडा अध्यक्ष सुशिल कुमार रायलाई पटक पटक जानकारी गराएपनि कुनै प्रकारको चासो नलिएको गुनासो स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!