बुधबार, जेठ २१, २०७७ || 1196  पटक पढिएको

हिन्दू धर्मशास्त्रमा शुभ र अशुभ विषयबारे उल्लेख गरिएको पाउन सकिन्छ ।जीवनमा विभिन्न कालखण्डमा आउने विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ ।यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिने मान्यता रहेको छ ।

-विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।
-यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।
-यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ ।

-यदी कोही मानिसले सपनामा आफुलाई कानुनी मु’द्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।
-जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ ।
– जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ ।
– जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुने धार्मिक बिश्वास छ ।

-यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।
-विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।

-यदी सपनामा आफैले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ ।
-सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

-यदि कसैले सपनामा दियो बालेको या कसैलाई पैसा सापटी दिएको देख्यो भने उसलाई अनपेक्षित रुपमा धनप्राप्ति हुन सक्छ ।
-यदी सपनामा कसैलाई गर्धन चिलायो भने पनि धन लाभ हुने सम्भावना हुन्छ ।
– बोटमा पाकेको सुन्तला या खेतमा पाकेको गहुँ देख्यो भने उसलाई छिट्टै धन प्राप्ति हुने सम्भावना हुन्छ ।

-जब कुकुरले अचानक जमीनमा पटक पटक टाउको रगडेको देख्नु भयो भने त्यस्तो ठाउँमा गाडेको धन हुन सक्छ ।
-यदी कुकुरले कुनै खाद्यपदार्थ लिएर आएको देख्नु भयो भने पनि तपाईलाई धन प्राप्त हुन सक्छ ।
-जो व्यक्ति सपनामा फलफुल खाएको देख्छ उसले धन लाभ हुने योग बन्छ ।

-जो व्यक्तिले सपनामा पिशाब, वी*र्य, दि*शा या भमिट(वाक्क) गरेको चिज देखे या खाएको देखे भने त्यस्ता मान्छेलाई पनि धन प्राप्त गर्ने संयोग मिल्छ ।
– आफ्नो प्रेमी प्रेमिका सँग स*म्बन्ध वि*च्छेद गरेको सपना देख्यो भने पनि त्यसको आधारमा धनप्राप्ति हुन सक्छ ।

-यदि कोई यात्री घर फर्कि रहेको हुन्छ र बायाँ तिर रोकियो भने उसलाई थोरै समयका लागि धनप्राप्त हुन सक्छ ।
– यदि कुनै व्यक्तिले कुनै गाउँ वा नगरमा प्रवेश गर्ने समयमा दायाँ तर्फ सुँगुर देखियो भने उसलाई धन प्राप्त हुन सक्छ ।

-सपनामा हरियो फुलबारी तथा अनार र उँट देखियो भने धन प्राप्ती हुने योग बन्छ ।
-कहिँ जाँदै गरेको अवस्थामा यदि बाटोमा सुन्दर महिला या कन्या देखियो भने त्यसलाई धनप्राप्तीको संकेत मान्न सकिन्छ ।

-यदि कोही सपनामा टाउको कन्याउँदै गरेको देखियो भने त्यसकै कारण पैसा मिल्न सक्छ । यदी आँखा कन्याउँदै गरेको देखे भने पनि पैसा मिल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!