बुधबार, जेठ २१, २०७७ || 663  पटक पढिएको

रौतहट प्रहरीले जलाउनै लागेको एकजना महिलाको शव घाटबाटै नियन्त्रणमा लिएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका– १० बालचनपुरस्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ वर्षीय सिमाकुमारीको शव नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले महिलाको शव नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेमबशादुर शाहीले जानकारी दिए ।

मृतक महिलाका श्रीमान मुकेशलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको शाहीले जानकारी दिएका छन् । मृतक महिलाका आफन्तले शंकास्पद मृत्यु भएको भनी प्रहरीमा जानकारी दिएपछि प्रहरीले पाष्ेटमार्टमको लागी शव ल्याएर चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालको शवगृहमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!