रंगेली नगरपालिका मा २ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा मोरङको रंगेली नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरु भारतको नब्बेपुरा भन्ने स्थानबाट आएका थिए । १४ जेठमा आइपुगेका संक्रमित जनता क्याम्पसको क्वारेन्टाइनमा थिए ।१५ गते स्वाब संकलन गरी पठाएकोमा बुधबार पोजेटिभ रिपोर्ट आएको नगरपालिकाका प्रमुख मेयर दिलिप बगडिया ले बताए । उनीहरु मध्ये धनपालथान गाउँपालिकाका ५ जना र रतुवामाई नगरपालिकाका ४ जना र रंगेलीका ८ जना थिए ।रंगेलीका ८ जना मध्ये २ जनामा संक्रमण पुष्टि भएको र बाँकी ६ को रिपोर्ट नेगेटिभ आएको मेयर वगडियाले बताए । नगरपालिकामा १०९ जनाको पिसिआर परिक्षणगर्दा पछिल्लो १९ जना मध्ये २ जनामा कोरोना देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!