खबर ठुलो छ

बैतडीका पहिलो संक्रमित कोरोनामुक्त भएका छन् । प्रहरी हिरासतमै कोरोना संक्रमण पुष्टि भएका शिवनाथ गाउँपालिकाका–२ का २२ वर्षीय युवक कोरोनामुक्त भएका हुन् । यही जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएर जिल्ला अस्पतालमा उपचारत उनी कोरोनामुक्त भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएपश्चात दुई पटक गरिएको पीसीआरमा रिपोर्ट नेगेटिभ आएको उनले बताए । मंगलबार र बुधबार कैलालीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

विगत १२ दिनदेखि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचारत युवकले कोरोना जितेपछि आजै डिस्चार्ज गरिएको छ । कर्तव्य ज्यान मुद्धामा गत वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका युवकमा जेठ ९ गते कोरोेना पुष्टि भएको थियो । गत वैशाख १५ गते किशोरी मृत्यु प्रकरणमा पक्राउ परेका उनलाइ प्रहरी हिरासतमै रहेका बेला कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै कोरोनामुक्त भएका ती युवकलाई आजै कारागार चलान गरिएको छ । कर्तव्य ज्यान अभियोगमा जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका बेला कोरोना पुष्टि भएका २२ वर्षिय युवकलाइ कारागार चलान गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

कोरोना जितेपनि जिल्ला अदालत बैतडीले ती युवकलाई यसअघि नै पुपक्र्षका लागि कारागार चलान गर्न आदेश दिएकाले कारागार चलान गरिएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्दले बताए ।

बुधबार, जेठ २१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया