खबर ठुलो छ

भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले बताए । उनका अनुसार सोमबार दिउँसो १ बजे श्वास फेर्न गाह्रो भएपछि उनलाई अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

भारतबाट आई आइतबार राति तानसेनको क्वारेन्टिनमा बसेका उनलाई सोमबार बिहान ७ बजे पूर्वखोलास्थित शम्भु माविको क्वारेन्टिनमा लगिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य प्रमुख मोहन ज्ञवालीले बताए । मृतकको कोरोना संक्रमण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

मंगलबार, जेठ २०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया