मंगलबार, जेठ २०, २०७७ || 822  पटक पढिएको

मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन खडा गरेको प्रारम्भिक स्वास्थ्य सुरक्षाको एकान्तस्थल ‘क्वारेन्टिन’ का लागि हालसम्म ५० वटा बेड तयार भएको छ ।‘होल्डिङ एरिया’ को रुपबाट अघि बढ्दै पथरी बहुमुखी क्याम्पसमा सुरु गरिएको ‘क्वारेन्टिन’ मा यस अघि ३५ बेड रहेकोमा १५ बेड थप्ने काम भइरहेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो ।

भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन नगर कार्यपालिकाको निर्णय अनुरुप नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको व्यवस्थापनमा ‘क्वारेन्टिन’ स्थापना गरिएको हो ।भारतबाट आएका हालसम्म ३३ जना क्याम्पसको ‘क्वारेन्टिन’ मा बसिरहेका छन् । त्यस बाहेक नगरकै निगरानीमा ६ जना होम क्वारेन्टिनमा, २ जना कानेपोखरी गाउँपालिका फिर्ता र १ जना क्षयरोगका विरामी भएकाले उपचारका लागि धरान पठाइएको छ ।

‘क्वारेन्टिन’ का लागि पथरी अस्पतालले १०, कावेली अस्पतालले १०, मोरङ अस्पतालले ६, सुदिप मेडिकलले ४ वटा बेड प्रदान गरेको छ । अन्य बेड नगर अस्पताल र नगरपालिकाको समन्वय समितिले व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!