प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या ६९५ पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ । सो अवसरमा दिइएको जानकारी अनुसार सप्तरीमा १२ जना, महोत्तरीमा दुई जना, सिरहामा पाँच जना, सर्लाहीमा ३८ जना, धनुषामा सात जना र रौतहटमा १८ जना गरी ८२ जना थपिएको हो । यस अवधिमा थपिएका सबै जना केही दिनअघि भारतबाट आएका थिए । यस प्रदेशमा आजसम्ममा १५ हजार ७७४ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा १० हजार ३५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ७२८ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले जानकारी गराउनुभयो । यस प्रदेशमा अहिलेसम्म ६ हजार ६८२ जना आरडिटी परीक्षण गरिएकामा ५० जना रिपोर्ट पोजिटिभ आएको छ । यस प्रदेशमा भारतबाट भित्रिनेको चाप बढ्दै गएपछि क्वारेटाइनको सङ्ख्या पनि थपिएको छ । क्वारेन्टिनमा अहिले २२ हजार ९१८, होम क्वारेन्टिनमा पाँच हजार २०५ र आइसोलेशनमा ३९५ जना बसेका छन् । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!