सोमबार, जेठ १९, २०७७ || 1335  पटक पढिएको

घोघापुलचौकमा रहेको जनर हस्पिटल एण्ड ट्रमा केयर सेन्टरले २२ महिने एक बालकको निःशुल्क उपचार सेवा दिईरहेको छ ।

सुनसरी जलपापुर १० का २२ महिनाको रेहान मियाँको अस्पतालले निःशुल्क उपचार सेवा गरिरहेको छ ।

२२ महिने सो बालकको एक वर्ष अगाडी आमाको मृत्यु भएको थियो भने बुवा मानसिक सन्तुलन गुमाएकाले हजुरआमाले उनको पालनपोषण गरिरहेको अस्पतालले जनकारी दिएको छ ।

बालकको हजुरआमाको अर्थिक अवस्था कमजोर भएको र उपचार गर्ने अवस्था पनि नभएकाले सुरनसरीस्थित एक अस्पतालमा उपचार भईरहेको बालकलाई जनरल हस्पिटल एण्ट ट्रमा केयर सेन्टरका वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. फदेन्द्र साहले शनिबार उपचारका लागि अस्पतालमा ल्याएको अस्पतालका अध्यक्ष जयप्रकाश रोयले जानकारी दिए ।

बालकको स्वास्थ्य अवस्था सुधार नभएसम्म अस्पतालको तर्फबाट उपचार दिईरहने रोयको भनाई छ । बालकलाई सन्तुलित आहारको अभावले कुपोषणको सिकार भएको र हाल निमोनिया भएको डा. फदेन्द्र साहले जानकारी दिए । डा. साहको अनुसार पहिलो दिन भन्दा पछिल्लो समयमा बालकको स्वस्थ्यमा केहि सुधार आएको छ ।

कोरोना भाईरस संक्रमणको त्राससँगै लकडाउनले अस्पतालको आर्थिक अवस्था पनि सिथिल भएको अवस्थामा आर्थिक अभावको कारण निर्दोष बच्चाको ज्यान तलमाथी नहोस् भन्ने उद्देश्यले अस्पतालले बालकको उपचारको खर्च व्यहोरेको अस्पतालका एमडि दिपक रोयले बताए ।

युवा नेता ओसिम आलमको नेतृत्वमा संचालनमा रहेको निःशुल्क खाना खुवाउने अभियानले विरामीका आफ्न्तलाई पनि खाना खुवाईरहेको अस्पतालका ईन्चार्ज विशाल साहले जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!