कमला नदी रामघाटमा पानी रे पानी तहत नदी चेतना यात्राको शुभारम्भ गरिएको छ । आज गंगा अवतरण दिवसको अबसरमा मिथिला भुमीमा अवतरित गंगा सरह मानिने कमला नदी रामघाटमा कमला पुजा गरी जेष्ठ शुक्ल दशमी तिथि गंगा दसहाराको पुनित अवसर पारी यो चेतना अभियानको थालनी गरिएको हो ।

सो नदी चेतना यात्रा आज गंगा दशहरा देखि अन्तरास्ट्रिय नदी दिबस सम्म कमला नदीको उदगम स्थल नेपालको सिन्धुली जिल्ला महाभारत चुरे जंगलदेखी भारत बिहार कमला कोशी संगम सम्म चेतना यात्रा चल्ने कार्यक्रम रहेको शहिदनगर नगरपालिकाका मेयर तथा कमला अभियानी उदय कुमार बरबरिया यादवले बताउनुभयो।

कमला अभियानका संयोजक अभियानी बिक्रम यादवका अनुसार सो यात्राका प्रायोजक गयल(इन्डिया) लिमिटेड र कमला नदी चेतना यात्राको आयोजक कमला जलाधार संरक्षण अभियान नेपाल रहने जानकारी दिनुभयो । सो कार्यक्रममा कमला अभियानी बिरेन्द्र यादव ,राज किशोर सल्हैता,श्याम कुमार सिंह ,रामनाथ यादव,राम शरन,रोसन यादव ,पत्रकार कमला अभियानी काशिन्द्र शर्मा लगायत कमला अभियानीहरु कोभिड १८ महामारीके मध्यनजर गरी समाजिक दुरी कायम राखी सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!