सोमबार, जेठ १९, २०७७ || 645  पटक पढिएको

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार साँझ एक जनाको मृत्यु भएको छ । पोखरास्थित उक्त कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्की छन् । २ हप्ताअघि भारतबाट आई क्वारेन्टिनमा बसेर घर फर्किएका बेला कार्कीलाई ज्वरो देखिएको थियो । यद्यपि १४ दिन क्वारेन्टिन बस्नेक्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । घर फर्किएपछि ज्वरो बढेकाले उनलाई प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।

‘यहाँ आउँदा बेहोस हुनुहुन्थ्यो रे,’ प्रतिष्ठान निर्देशक डा अर्जुन आचार्यले भने, ‘यहाँ ल्याउने बित्तिक्कै उहाँको डेथ भयो ।’ उनको शुक्रबारमात्रै कोरोना परीक्षण नतिजा नेगेटिभ आएको थियो । उपचारका क्रममा कार्कीको मृत्यु भएपछि प्रतिष्ठान प्रशासनले पुनः कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशाला पठाएको जानकारी दिएको छ । ‘के कति कारणले उहाँको मृत्यु भएको हो । शंका निवारणका लागि पुनः कोरोना परीक्षण गर्न पठाएका छौं,’ उनले भने । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!