संखुवासभाको चैनपुर नगरपालिका-५ की २१ बर्षीय पेम्बा ल्मु शर्पाको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । आज बिहान साँढे ७ बजेको समयमा डाँगीगाउबाट चैनपुर तर्फ आउँदै गरेको को २ त ५३०८ नम्बरको ट्याक्टरमा सवार रहेकी शेर्पा अचानक ट्याक्टरबाट लडेर घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने ट्याक्टर चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।