सोमबार, जेठ १९, २०७७ || 859  पटक पढिएको

मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ । समितिका अनुसार हेडवक्र्सको सम्झौता अवधि अझै आठ महिना बाँकी छ । कोरोना भाइरसका कारण भइरहेको बन्दाबन्दीमा आयोजना प्रभावित भए पनि काम नरोकिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । निर्माण सम्झौता अवधिभित्रै काम सम्पन्न हुने पन्तको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!