सोमबार, जेठ १९, २०७७ || 584  पटक पढिएको

मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ-आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाली सरकारले जनाएको छ ।फर्किने आप्रवासी श्रमिकलाई श्रम निर्यात गर्ने देशको प्रतिनिधित्व गर्दै वसेका राजदूतावासले आआफ्ना नागरिकलाई ¥यापिड टेस्ट (आरडीटी)मार्फत कोभिड १९ को परीक्षण गर्ने र परीक्षणमा सङ्क्रमण नदेखिएकालाई स्वदेश फर्काउन सुरु गरिने जनाइएको छ । यसैगरी हाल घर फिर्ती केन्द्रमा राखिएका २४ नेपाली तथा दुई हजार ४७६ बङ्गलादेशी नागरिकलाई पनि क्रमशः फर्काइने जनाइएको छ । यसरी घर फिर्ती केन्द्रमा राखिएकामध्ये हालसम्म तीन जना नेपालीलगायत ३५ जनालाई कोभिड १९ सङ्क्रमण भएको पुष्टि भएको छ । त्यसैले मलेसियाले सकेसम्म छिटो अवैध रूपमा बसिरहेका व्यक्तिलाई उनीहरूको देश फर्काउने प्रयास गरिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!