आइतबार, जेठ १८, २०७७ || 625  पटक पढिएको

रुकुम(पश्चिम)को चौरजहारीमा भएको घटनामा संलग्नलाई कारवाही तथा रुपन्देहीको देवदहमा हत्या गरिएका १३ वर्षीया अंगिरा पासी र परिवारलाई न्याय दिलाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । नेपाल दलित मुक्ति संगठनले आज प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

मुख्यमन्त्री पोखरेलले रुकुम र रुपन्देहीको देवदहमा भएका मृत्युका सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाउँदै देवदह घटनाको निष्पक्ष छानबिनका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको जानकारी गराए । तत्कालीन संविधानसभा सदस्य विनोद पहाडीले बन्दाबन्दीका समयमा मात्रै ३२ जातीय छुवाछुतका घटना भएकाले यस्तो कामको अन्त्यका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताउए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!