माहानायक राजेश हमालले रुकुम घटनामा संलग्न अपराधीले सजाय पाउनुपर्ने बताएका छन् । ‘निच विचारधारा बोकेको व्यक्तिलेमात्रै यस्तो अपराध गर्नसक्ने’ उनले शनिबार फेसबुकमा अपलोड गरेको भिडियोमा भनेका छन् ।
व्यक्ति र समुदायको समानरूपले कदर अनि सम्मान हुनुपर्छ भन्ने किसिमको विचारधारा र दृष्टिकोण राख्नेहरुमा यो घटनाले आक्रोश उत्पन्न गराएको उनी बताउँछन् । ‘अवश्य पनि यस्तो किसिमको आक्रोश लाभदायक हुँदैन र फलदायक हुँदैन । यसले समाजलाई झनै विचलित र विभाजित गर्छ,’ उनी भन्छन्, ‘तर, एउटा व्यक्तिले अर्को व्यक्तिलाई, एउटा समुदायले अर्को समुदायलाई उसको जातको आधारमा, पृष्ठभूमिको आधारमा, उसको थर या पेशाको आधारमा अपमान गर्ने, गाली गलौज गर्ने, आपराधिक गतिविधिमा उत्रिने या उसको मानवतामा ठेस पुर्‍याउने किसिमको व्यवहार कसैलाई पनि गर्न अधिकार छैन ।’
यस्तो किसिमको व्यवहार गर्ने व्यक्ति अपराधी हुने उनी तर्क गर्छन् । त्यस्ता व्यक्तिलाई राष्ट्रको कानुन अनुसार कडाभन्दा कडा सजाय हुनुपर्ने उनले बताएका छन् । अहिलेको समयमा चेतनशील नेपाली नागरिकका लागि यस्तो किसिमको गतिविधि स्वीकार्य नहुने उनको धारणा छ ।
हमालका अनुसार कायर र आफूमा विश्वास नभएको व्यक्तिले मात्रै अर्को व्यक्तिलाई या समुदायलाई जातको आधारमा, वर्गको आधारमा अपमान गर्ने, निच देखाउने प्रयास गर्छ ।

यस्तो किसिमको सामाजिक भेदभाव, व्यक्ति–व्यक्तिबीचको भेदभाव नेपालमा मात्रै नभइ संसारभरी नै देखिने गरेको उनले बताएका छन् । वर्गिय विभाजन समाजमा रहे पनि नेपालीहरुमा आपसी भाइचारको सम्बन्ध अझै कायम रहेको उनको भनाई छ । ‘सकारात्मक भएर सोच्ने हो भने त नेपाली समाज र नेपाली समुदायहरु कतै न कतै एकआपसमा भाइचारा राख्ने, एकआपसमा सामाजिक सद्भाव कायम गर्ने भनेर नै विश्वसामु परिचित छौं,’ हमाल थप्छन्, ‘वर्गीय विभाजन समाजमा भए पनि हामीले यस्तो किसिमको भाइचारा जीवित राख्न कता न कता सफल भएका छौं । किनकि विश्वमा हामीले हेर्‍यौं भने विकसित से विकसित राष्ट्रमा एक किसिमको विभाजन देख्छौं ।’

समुदायमा देखिने जातीय भेदभावको पकड कहालीलाग्दो रहेको बताउँदै उनले यस्तो व्यवहारलाई निरन्तरता दिएमा प्रगति गर्न गाह्रो हुने बताए । जातीय भेदभावले सामाजिक र राजनैतिकस्तरमा पनि निखार नआउने उनी बताउँछन् । ‘जब हामी उ फलानो जातको हामी फलानो जातको भन्ने किसिमको विभाजनको मनस्थिति कायम गर्छौं तबसम्म हाम्रो सामाजिकस्तरमा र राजनीतिकस्तरमा पनि निखार आउन सक्दैन,’ उनी भन्छन्,’यसले त फोहोरी राजनीति झनै मौलाउँछ ।’
फोहोरी राजनीति’बाट राष्ट्र संचालित भयो भने राष्ट्रको शिक्षा स्वास्थ्य, मानवकल्याणका मुद्दाहरुलगायत राष्ट्रको समग्र विकास नै ओझेलमा पर्न जाने उनी बताउँछन् । समाजमा बिषको रुप लिइरहेको यस्तो कुप्रथा निर्मुल पार्न सक्यौं भने सामाजिक र राजनैतिक सुधार हुने राजेश बताउँछन् ।

‘प्रत्येक नेपालीले, जुनसुकै समुदाय, भाषा सँस्कृति अपनाएका किन न हौं, हामी सबैले नेपालीपनको बलियो डोरीले बाँधेको छ भन्ने किसिमको भावना कायम राख्नुपर्छ,’ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!