म्याग्दीका कोरोना संक्रमितसँग आएका ५ जना सम्पर्क विहिन भएपछि गण्डकी प्रदेशले सूचना निकालेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार संक्रमितसँग एउटै गाडीमा आएका ५ जना सम्पर्कमा नआएपछि सूचना निकाल्नु परेको हो ।

गत ९ गते भैरहवाको नमुना माविमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरुलाई लिएर म्याग्दी हिंडेको गाडीमा सवार ५ जना सम्पर्कमा नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निर्देशक डाक्टर शर्माले संक्रमितसँग एउटै गाडीमा आएका हराएपछि विज्ञप्ति निकालेर सम्पर्कमा ल्याउन आग्रह गरिएको जानकारी दिए । ‘हामीसँग त्यस्तो संयन्त्र नै छैन’ उनले भने, ‘संक्रमितसँग एउटै गाडीमा आएकोहरुलाई पनि थाहा नहुन सक्छ, यसले थप जोखिम पनि बढ्ने भयो ।’
म्याग्दी यातायात प्रा.लि.को गाडी नम्बर ना ५ ख, २८९८ नम्बरको गाडीमा आएकामध्ये म्याग्दीका १ जना गएको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार उक्त गाडीमा २३ जना यात्रु चढेका थिए ।

२३ यात्रुमध्ये १ जना गोरखा जानको लागि आँबुखैरेनीमा ओर्लेका थिए । लमजुङ जान ३ जना यात्री डुम्रेमा ओर्लेको निर्देशनालयले जनाएको छ । यस्तै पोखरा महानगरपालिकाको पुरानो बसपार्कमा २ जना यात्रु ओर्लेको निर्देशनालयले सूचना प्राप्त गरेको जनाएको छ । गोरखा, लमजुङ र पोखराका गरि ५ जना व्यक्ति सम्पर्कमा नआएको निर्देशनालयले जनाएको छ ।

म्याग्दीका संक्रमितसँगै आएको हुनाले पनि उनीहरुमा कोरोना संक्रमण हुन सक्ने निर्देशनालयले अनुमान लगाएको हो । निर्देशनालयले एउटै गाडीमा आएकाहरु सम्पर्कमा आउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!