कामका लागि विभिन्न ठाउँमा गएका मजदुरहरु कोरोना भाइरसका कारण धमाधम गाउँघर फर्किँदैछन् । तर भाइरस संक्रमणको जोखिमका कारण टाढा टाढाबाट फर्किएका मानिसहरुलाई क्वारेन्टाइनमा बसालेर मात्रै गाउँघरमा छिराउने गरिएको छ । क्वारेन्टाइनको बसाइ पूरा गरेर घर फर्किने मजदुरहरुका लागि सरकारले कस्तो उपहार देला ? भारतको बिहारमा चाहिँ १४ दिन क्वारेन्टाइनमा बसेका प्रवासी मजदुरहरुको हातमा कण्डम उपहार थमाएर घर पठाइएको छ । बिहारको गोपालगंज जिल्लामा स्वास्थ्य विभागको पहलमा यस्तो अभियान सुरु गरिएको हो । सरकारी अधिकारीका अनुसार १४ दिनको क्वारेन्टाइन अवधि पूरा गरिसकेका प्रवासीहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम वितरण गरिनेछ । भारतका विभिन्न प्रान्तहरुबाट त्यहाँ आउने मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । कोरोनाबाट उच्च प्रभावित कतिपय राज्यबाट फर्किएकाहरुलाई क्वारेन्टाइन सेन्टरमा राखिनेछ भने अन्य राज्यबाट आएकालाई १४ दिनको होम क्वारेन्टाइनमा राखिनेछ । होम क्वारेन्टाइनमा राखिएका मानिसहरुलाई समेत १४ दिनको अवधि पश्चात् स्वास्थ्यकर्मीहरुले घरमै गएर परीक्षण गरी कण्डमको प्याकेट उपहार दिनेछन् ।

–एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!