आइतबार, पौष १३, २०७६ || 1054  पटक पढिएको

प्रेम यादव
हिपमत डटकम
बिराटनगर,पौष १३ :मदन भण्डारी स्पोर्टस् एकेडेमीले आफ्नो स्थापना दिवस तथा Visit Nepal 2020 को अवसरमा खुल्ला सडक दौड प्रतियोगिता January 1st अर्थात पैष १६ गते बिराटनगरमा आयोजना गर्ने भएको छ ।
आज बिराटनगरमा पत्रकार सम्मेलन गदै मदन भण्डारी स्पोर्टस् एकेडेमीकका अध्यक्ष भुपाल श्रेष्ठले दुई लाखको अनुमानित लगानीमा हुन गईरहेको सो दौड प्रतियोगितामा जो कोही नेपाली नागरिकले सहभागी हुन पाउने छ जानकारी दिए । दौड प्रतियोगिता बिहान ०७:३० मा सहिद रंगशालाबाट सुरु हुने छ भने दौड प्रतियोगितामा सहभागी हुने पुरूष धाबकहरूले ०५ किलोमिटर र त्यसै गरी महिला धाबकहरूले ०३ किलोमिटर दुरी पार गर्नुपर्ने छ । पैष १६ गतेभित्र सहभागिता हुन चाहने धाबकहरूले निःशुल्क रूपमा बहन सकिने छ । फारम सहिद रंगशालामा विहान देखि भर्न सकिने छ । सहभागिता जनाएका सम्पूर्ण धाबकहरूलाई निःशुल्क रूपमा एउटा टी-सट उपलब्ध गराईने छ भने पुरुष र महिला दुवै तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई जनही रू ११००० , ७००० र ५००० दिइने छ भने बाँकी दुवै तर्फका ७ -७ जनालाई रू ३००० का दरले नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!