शनिबार, जेठ १७, २०७७ || 832  पटक पढिएको
गोदावरी नगरपालिकाले प्रत्येक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गर्ने निर्णय गरेको छ । बाहिरबाट आएका मानिसलाई राख्न नगरपालिकाले उक्त क्वारेन्टिन व्यवस्था गर्न लागेको हो । नगरपालिकाले प्रत्येक वडाका विद्यालय, सङ्घसंस्था र सामुदायिक भवन प्रयोग गरी क्वारेन्टिन व्यवस्था गर्ने निर्णय गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । नगरपालिकामा शुक्रबार बसेको बैठकको निर्णयले हरेक वडामा तीन दिनभित्र क्वारेन्टिन तयार गर्न यहाँका बुद्धिजीवी, राजनीतिज्ञ, शिक्षक, व्यापारी, समाजसेवी तथा सम्बन्धित सबैलाई सूचनामार्फत आग्रह गरेको छ । यसअघि गोदावरीले वडा नं ११ बज्रबाराही चापागाउँ अस्पतालमा १० श्ययाको क्वारेन्टिन व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!