अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग आफ्नो सम्बन्ध अन्त्य गर्न गइरहेको घोषणा गरेका छन् । संयुक्त राष्ट्र संघको एजेन्सीको कोष राष्ट्रपति ट्रम्पले यसअघि नै बन्द गरिसकेका छन् । डब्लूएचओ कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न सुरुबाट असफल रहेको ट्रम्पको आरोप छ । उनले डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै आएका छन् । शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्लूएचओलाई ब्यापक सुधारको अनुरोध गरेका थियौँ तर यस्तो गर्नमा ऊ असफल रह्यो । आजदेखि हामी विश्व स्वास्थ्य संगठनसँग हाम्रो नाता तोड्दैछौँ । अमेरिकी कोष अब वैश्विक जनस्वास्थ्यमा लगाइनेछ । डब्लूएचओ पूरै चीनको नियन्त्रणमा रहेको छ जबकि अमेरिकाको तुलनामा उसले निकै कम रकम दिने गरेको छ ।’ गत महिना राष्ट्रपति ट्रम्पले आफूलाई सुधार गर्न डब्लूएचओलाई एक महिनाको समय दिँदै सुधार गर्न नसके स्थायी रुपमा सहयोग कोष बन्द गर्ने बताएका थिए । ट्रम्पका अनुसार डब्लूएचओका गल्तीको पूरै विश्वले मूल्य चुकाउनु परेको बताएका थिए । उनले डब्लूएचओलाई चीन परस्त हुनबाट मुक्त हुनुपर्ने बताएका थिए । ट्रम्पले आफूले माग गरेको सुधार डब्लूएचओले पुरा गर्न नसकेको र चीनसँग मिलेर कोरोनाभाइरसबारे पूरै विश्वलाई गुमराह गरेको आरोप लगाए । चीनप्रति निशाना साध्दै उनले भनेका थिए, ‘चीनले वैश्विक महामारीको सुरुवात गर्यो र यसको मूल्य एक लाखभन्दा बढी अमेरिकीले ज्यान गुमाएर तिर्न परिरहेको छ । ‘चीनमा पहिलो पटक भाइरस भेटिँदा सूचना लुकाइयो । चीनले पनि पूरा मामिलामा पारदर्शिता अपनाएन । चीन डब्लूएचओलाई हरेक वर्ष मात्र ४ करोड डलर कोष दिन्छ । यसको तुलनामा अमेरिकाले डब्लूएचओलाई हरेक वर्ष ४५ करोड डलर सहयोग गर्छ । हामीले डब्लूएचओलाई विस्तारमा हामीले चाहेको सुधारको बारेमा बतायौँ तर उसले यस्तो गर्नबाट अस्वीकार गर्यो ।’ ट्रम्पले संयुक्त राष्ट्रसंघमाथि पनि प्रश्न उठाउँदै आएका छन् ।

बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!