शुक्रबार, जेठ १६, २०७७ || 778  पटक पढिएको

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ लागि प्रस्तुत गर्नुभएको बजेटप्रति विराटनगरका उद्योगीले खुशी व्यक्त गरे पनि उद्योग र उद्योगी क्षेत्रमा आशाजनक रहेको प्रतिक्रिया दिएका छन् । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बजेटले उद्योग र उद्योगीको आशालाई पूरा गर्न नसकेको बताउनुभयो । संघका पूर्वअध्यक्ष ताराचन्द खेतानले बजेट विकास र सुधारमा केन्द्रित देखिए पनि धराशायी हुन लागेको उद्योगप्रति मौन रहेको प्रतिक्रिया दिनुभयो । उहाँले पर्यटन क्षेत्रमा पुगेको नोक्सानमा राहत दिन नसकेकामा असन्तुष्टि व्यक्त गर्नुभयो । उद्योगी महेज जाजुले उद्योगसम्बन्धी पुष्टि नभएका मुद्दा फिर्ता लिएमा राम्रो हुने बताउँदै जरिवाना र दण्ड मिनाहा हुने कुराले खुशी बनाएको बताउनुभयो । उद्योगी एवं राजनीतिकर्मी पवन शारडाले बजेटले साना उद्योगी र व्यापारीलाई करमा छुट दिएकामा सकारात्मक रुपमा लिँदै धेरै वस्तुमा अन्तःशुल्क घटाउनाले बजेट राम्रो भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!