शुक्रबार, जेठ १६, २०७७ || 641  पटक पढिएको

राजापुर नगरपालिकाका कोरोना भाइरस संक्रमित तीन जनालाई स्थानीय आइसोलेशनमा राखेर उपचार गरिने भएको छ । नगरपालिकाले वडा नं ४ मा अमर शहीद दशरथ चन्द आधारभूत माविमा कोरोना भाइरस संक्रमितको उपचारका लागि निर्माण गरेको १२ शय्याको आइसोलेशनमा राखेर तिनलाई उपचार गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताउनु भयो । प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका एक र प्रदेश नंं ५ सरकारले पठाएको एक चिकित्सकसहितले संक्रमतिको उपचार गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका उपप्रमुख मनकला चौधरीले बताउनु भयो । राजापुर –९ बनियापुरका ३० वर्षीय पुरुष, ७ का ३४ वर्षीय पुरुष र ६ महुवाका २९ वर्षीय पुरुष संक्रमित छन् । संक्रमित सबै १२ दिनअघि भारतबाट आई सो माविको क्वारेन्टिनमा बसेका थिए । यसअघि राजापुर– ५ की ११ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण भएकामा बाँकेको खजुरामा उपचार भएर स्वस्थ्य भई भनी बुधबार उनी घर फर्किसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!