आइतबार, पौष १३, २०७६ || 1065  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पौष १३:भारतको मध्य प्रदेशको ग्वालियरमा दुई युवक अजय जाटव र जितु वाल्मिकी नाम गरेको १० रुपैयाँ किलो प्याज बेच्दा प्रहरीले पक्राउ गरेको भारतीय दैनिक अमर उजालाले बताएको छ । यी दुई युवकले ६० हजार भारु मूल्य बराबरको प्याज चोरी गरि, प्याजलाई प्रति किलो १० देखि २० रुपैयाँमा बेच्न सुरु गरका हुन् ।

सस्तो प्याज बेचिरहेको हल्ला चलेपछि प्याज किन्न मानिसहरुको भीड भयो । दुवैले मिलेर केही घण्टामै पूरै प्याज बेचि सके । दुई युवकले लसुन र प्याज चोरेको प्रहरीले बताएका छन् । उनीहरुले ५० किलो प्याजका १२ बोरा र लसुनका २ बोरा चोरी गरेका थिए ।

दुवै युवकलाई अदालतमा पेश गरियो, दुवैलाई पुलिस कस्टडीमा पठाइएको छ । दुवैले अपराध पनि स्वीकार गरेका छन् ।आरोपीहरुले आफूहरु प्याजको मूल्य बढेर हैरान भएपछि चोरी गरेको बताएका छन् । एजेन्सी..

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!