अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिममा दलित युवक नवराज विक सहित चारजनाको हत्या भएको भन्दै मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारीस्थित विरोध प्रदर्शन भएको छ ।

दलित संघर्ष समिति एवम विश्वकर्मा समाज सेवा समिति उर्लाबारीको अगुवा तथा राजनीतिक दलका नेता–कार्यकर्ताकहरूको सहभागितामा मंगलबारेमा बिहीबार भेला भएर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
करिब दुईसय जनाको संख्यामा उपस्थित उनीहरुले ‘जातीय आधारमा हत्या कहिलेसम्म ?’, ‘हामी कहिलेसम्म मौन बस्ने ?’ ‘जवाफदेही को ?’, ‘मान्छे मान्छेमा के फरक छ र ?’, ‘संविधानले दिएको अधिकार कहिलेसम्म उल्लंघन गर्ने ?’ लगायतका नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित कोडसभामा बोल्दै उर्लाबारी नगरपालिका ३ की वडा सदस्य सम्झना नेपालीले यस्तो घटना जातीय विभेदको आधारमा भएको जघन्य अपराध भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाहीको माग राख्नुभयो । घटनालाई सत्ता र शक्तिको आडमा ढाकछोप र अपव्याख्या नगर्न आग्रह गर्दै उहाँले त्यसो गरिए दलितहरु सडकमा आउने चेतावनी पनि दिनुभयो ।
कार्यक्रममा बोल्दै विश्वकर्मा समाज सेवा समिति उर्लाबारीका अध्यक्ष खड्कबहादुर सुनुवारले यस घटना मानवताविरुद्धको कुरूद्ध अपराध भएको भन्दै यो घटनाले नेपाललाई विश्वमै कलंकित र लज्जित बनाएको बताउनुभयो । दोषीलाई कारवाही र पीडितले न्याय नपाएसम्म यो घटना नसेलाउने भन्दै सरकारले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो ।
जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक आफ्नी प्रेमिका रुकुम चौरजहारी नगरपालिका ८ सोती गाउँकी मल्ल थरकी किशोरीसँग विहे गरी १९ जनासहित जाँदा स्थानीयले आक्रमण गरेका थिए । त्यस क्रममा आक्रमणबाट बच्न भेरी नदीमा हामफाल्दा ४ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र
घटनाको विरोधमा दलित अधिकारकर्मीहरुले इलका प्रशासन कार्यलयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् । दोषीलाई कारवाही, मृत्यु भएका युवाहरूलाई सांस्कृतिक शहीद घोषणा र घटनाको संसदीय छानबिन समिति गठनको माग गर्दै मंगलबारेस्थित रहेको इलका प्रशासन कार्यालयसम्म विरोध ¥याली निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!