आइतबार, पौष १३, २०७६ || 2335  पटक पढिएको

हिपमत डटकम
काभ्रेपलाञ्चोक,पौष १३

चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको
मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनले शुक्रबार राति अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेको भन्ने बुझिएको र चिसोका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शव बाटोमा उत्तानो अवस्थामा फेला परेको थियो ।

सो वडाका वडाध्यक्ष राजकुमार गौतमले गत मङ्सिर १५÷१६ गतेबाट रुकुम सानोभेरी गाउँपालिकाबाट करीब ११÷१२ जनाको समूह कामको सिलसिलामा चौरीदेउरालीको विभिन्न ठाउँमा भूकम्प पुनःनिर्माणको काममा ज्यामी काम गर्दै आइरहेको पाइएको बताए । रतोपती

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!