
काठमाडौं।काठमाडौंको मेयरबाट राजीनामा दिएर संसदीय राजनीतिमा हाम फालेका बालेन्द्र शाह पहिलोपटक सार्वजनिक सभामा सरिक भएका हुन् । रास्वपाका वरिष्ठ नेताको हैसियतामा आज उनले जनकपुरमा पहिलो आमसभा कार्यक्रममा बालेनले मैथिलीमा भाषणा गरेका हुन् ।

उनले आफू भाषणा गर्नेभन्दापनि काम गर्ने व्यक्ति भएको भन्दै यो चार वर्षमा काठमाडौंमा काम गर्दागर्दै कतै जाने फुर्सद नभएको बताए । उनले सो क्रममा आफू संघीयतालाई अझै बलियो बनाउनको लागि प्रतिबद्ध रहेको बताए ।
उनले मधेशका जनतालाई काठमाडौंमा अधिकार माग्न जान नपर्ने बनाउनको लागि आफू राजनीतिक मैदानमा उत्रिएको बताए । उनले अब मधेशवासीलाई काठमाडौं अधिकार माग्न नभई पशुपतिनाथ र स्वयम्भु घुम्न जानको लागि अनुरोध गरेका छन् ।