मंगलबार, जेठ १३, २०७७ || 691  पटक पढिएको

सुनसरीको कोशी गाउँपालिका-१ बाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान साँढे ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-१ लौकहीका २२ बर्षीय सोशिल साह, ३० बर्षीय अमन कुमार साह र १९ बर्षीय गणेश कुमार साहलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले डाईलक्स डि.सी. १०० ML को ४७ बोतल, नाईट्रोसन ९० ट्याब्लेट , स्पास्मोप्रोक्सिवन २३ ट्याब्लेट, खेलौना प्लास्टिकको पेस्तोल १ थान, कौडा २१ थान र मोवायल २ थान सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!