हिपमत डटकम
बिराटनगर,पौष १२ :सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका वडा नम्बर ५ मा बुवा महेन्द्र साह र आमा शिवु कुमारी साहको कोखबाट जन्मिएकी १९ वर्षीया कलाकार परी साह छोटो समयमा नै मैथिली दर्शकहरूको माझ चर्चित भएकी छन् ।
नृत्य र अभिनयसम्बन्धी विशेष ज्ञान काठमाडौं र दिल्ली पुगेर हासिल गरेकी छन् ।
मैथिली गीत–संगीत र सिनेमाको बजार दिन प्रतिदिन फराकिलो हुँदै गरेको अवस्थामा छोटो समयमा युवाहरूको ढुकढुकीमा बस्न सफल कलाकार परीले अभिनय गरेको पहिलो गीत तन मन जलाबे रिमझिम… लाखौं दर्शकहरू मन पराएका थिए ।
त्यसपछि मैथिली, भोजपुरी एल्बम र फिल्मका लागि पनि धेरै अफर आइरहेको कुरा बताउँछिन् परी ।
परीले हालसम्म तन–मन जलाबे रिमझिम, सबसे सुन्दर अपन गाम, आँहा मानु या नै मानु, अंतिम भेट क लिय, चल न गाँजा पिएबो गे लगायत करिब डेढ दर्जन गीतमा अभिनय गरिसकेकी छन् ।
स्टेज कार्यक्रमहरूको शिलशिलामा मिथिलाको विभिन्न ठाउँदेखि काठमाडौं र दिल्लीमा समेत आफ्नो प्रस्तुति देखाइसकेकी छन् ।
चाडै नै मिथिलाका चर्चित गीतकार सरोज मण्डलको एकल गीत रहेको एल्बमको गीतको छायाँकनमा व्यस्त हुने जानकारी गराएकी छन् भने आउँदो फागुनदेखि दुई महिना फिल्ममा काम गर्ने पनि जानकारी गराएकी छन् ।