शनिबार, पौष १२, २०७६ || 955  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,पौष १२:शिप र संस्कारसहितको शिक्षा आजको आवश्यता भएको अध्यक्ष पुरीले बताएका हुन् । प्याब्सन विराटनगरको आज भएको प्रथम साधारण सभाको उद्घाटन शत्रमा बोल्दै प्याब्सन अध्यक्ष पुरीले पूजीको विकास गरि निजी विद्यालयहरू परिमार्जित गरि संस्थागत तरिकाले चलाउनुपर्ने बताए । उनले विद्यालयलाई व्यवस्थित गरि भाडाको रुपमा सञ्चालन भएका भए पनि त्यसलाई सफा र आकर्षक तरिकाले सञ्चालन गरिनु पर्नेमा जोड दिए ।

‘शिक्षालाई शिप र प्रविधिसँग जोडेर अगाडी बढाउनुको विकल्प छैन,’ अध्यक्ष पुरीले भने । केन्द्रीय प्याब्सनले शिक्षालाई शिपसँग जोडेर लैजाने विषयमा अगाडी बढीसकेको जानकारी दिए । काठमाण्डौमा चाँडै राष्ट्रिय र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका विधुवानहरुलाई ल्याएर शिक्षालाई शिपसँग जोडेर अगाडी बढने विषयमा राष्ट्रिय स्तरको सेमिनारको तयारी गरेको पनि उनले जानकारी दिए ।

प्याब्सनमा अराजकहरुको भीड बढाउने पक्षमा नरहेको भन्दै अध्यक्ष पुरीले प्याब्सनलाई बैद्धिक, स्मार्ट र नमुना प्याब्सन बनाएर अगाडी बढने बताए । प्याब्सनको निर्देशन नमान्ने प्याब्सन आवद्ध विद्यालय तथा जिल्ला प्याब्सनहरुलाई पनि कारवाही पनि गरेर अगाडी बढने अध्यक्ष पुरीको भनाई थियो । उनले निजी विद्यालय मैत्री ऐन, नियम बनाउन प्याब्सन सधैभरी लागि पर्ने पनि बताए ।

कार्यक्रममा बोल्दै हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले प्याब्सनलाई राजनैतिक तरिकाले नभएर व्यवसायिक रुपमा सञ्चालन गरिनुपर्ने बताए । यस्तै विराटनगर महानगरपालिका नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले महानगरपाकिाले शिक्षा ऐन बनाउने क्रममा रहेकोले बताए । उनले सबैको साथ, सहयोग र सुझाब संकलन गरि शिक्षा एने बनाउने जानकारी दिए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव राजेशकुमार दास, केन्द्रीय सचिवालय सदस्य बासुदेव न्यौपाने, केन्द्रीय सल्लाकार डा. उद्धब पोखरेल, प्याब्सन जिल्ला अध्यक्ष अर्जुन बस्नेत र इमानका केन्द्रीय अध्यक्ष नरेन्द्र केसीलगायतले शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयले ठूलो योगदान पु¥याएको बताए ।

कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले बौद्धिक, स्मार्ट र नमूना विद्यालय बनाउन प्याब्सन नगर लागि परेको बताए । प्याब्सन विराटनगरगरमा महानगर क्षेत्रका ७० विद्यालय आवद्ध रहेको प्याब्सन विराटनगर सचिव अर्जुन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!