सोमबार, जेठ १२, २०७७ || 669  पटक पढिएको

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाउन र बढाएको करबाट उठ्ने राजश्व स्वास्थ्य क्षेत्रमा केन्द्रित गरी लगानी गर्न सरकारलाई सुझाव दिएको सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

बैठकले समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । समितिले मदन भण्डारी विश्वविद्यालय विधेयक, केही शिक्षासम्बन्धी संशोधन गर्न बनेको विधेयकलगायत चार विधेयक पारित गरेको छ । समितिको वार्षिक प्रतिवेदन केही समयपछि सदनमा प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!