धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी मा आइतबार आएको भीषण हावाहुरीका कारण लाखौ मूल्य बराबरको क्षती भएको छ ।
आचानक आएको हावाहुरीले धनुषाको धनुषाधाम नगरपालिका वडा नंं. ९ धारापानी स्थित लाईभ स्टक एग्रीकल्चर फार्मद्धारा संचालमा रहेको गाई फार्मको छाना उडाउनुको साथै गाईले खाने दानामा समेत छति भएको फार्मका सञ्चालक रामललीत साहले जानकारी दिएको छ । साहका अनुसार फार्ममा ४० लाख लागतमा सञ्चालित फार्ममा आचानक गएका हावाहुरीले करिब १४ लाख हाराहरीमा छति भएको बताए ।
लकडाउनको अवस्थामा फार्मवाट उत्पादन गरेको गाईको दुध विक्री वितरणमा समस्या आएपछि समस्या भएको बखत आचानक आएको हावाहुरीले फार्ममा भएको छतिले झन समस्या उत्पन्न भएको साहले वताए ।
त्यस्तै आचानक आएको हावाहुरीले सिरहा,धनुषा सहितकको जिल्लामा रहेको आँपको वगानमा रहेको आँप र विरुवा लाई छति गरेको छ भने किसानले लगाएको वालीहरुमा समेत ठुलो छति गरेको स्थानिय किसानहरुको बताए ।
यसरी भएको छतिमा स्थानिय तथा सम्वन्धित निकायको भुमिका अति आवश्यक देखिएको छ । स्थानिय किसानहरु लकडाउनमा परी आफनो दिनचर्या विताउन हाम्य हाम्य परेको वखत हावाहुरीले झन कठिनाई भएको स्थानिय किसानहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!