आइतबार, जेठ ११, २०७७ || 1627  पटक पढिएको

कर्णाली प्रदेशसभाको बजेट (वर्षे) अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन सबै विधि अवलम्बन गरेर दिउँसो ३ बजे बैठक बस्न लागेको हो । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सामाजिक दूरी कायम गरेर बैठक सञ्चालन गर्न लागिएको बताउनुभयो । यसका लागि प्रदेशसभाका ४० सिटका अतिरिक्त दर्शकदीर्घा र सञ्चारकर्मीका छुट्याइएका बाँकी सबै सिट प्रदेशसभा सदस्यका लागि व्यवस्थापन गरिएको छ । मुख्यमन्त्री, सभामुख, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, प्रदेशसभाका सदस्य, सचिवालयका कर्मचारी मर्यादापालक, चालकसमेत गरी १६५ जनाको यसअघि कोरोना परीक्षण भइसकेको छ । बैठककक्षमा क्लोरिन छर्केर निर्मलीकरण गर्नुका साथै प्रदेशसभा सदस्यहरुले स्यानिटाइजर प्रयोग गरेर मात्रै हाजिरी गर्नुपर्ने व्यवस्था मिलाइएको छ । बैठक कक्षभित्र सिट अभावका कारण यसपटक दर्शक र सञ्चारकर्मीलाई भिडियोको कन्फ्रेन्सका माध्यमबाट अधिवेशन अवलोकन तथा रिर्पाेटिङको व्यवस्था मिलाइएको छ । आजको बैठकमा सभामुखले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र संसदीय दलका नेताहरुले बोल्ने कार्यसूची रहेको छ । कार्य व्यवस्था परामर्श समितिका सदस्य धर्मराज रेग्मीले अधिवेशन सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम र बजेट केन्द्रित मात्र नहुने बताउनुभयो । “यस अधिवेशनमा विश्वका साथै नेपालमा समेत महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ ले कर्णाली प्रदेशमा निम्त्याएको सङ्कट, रोकथामका लागि सरकारले चालेका कदमबारे छलफल हुनेछ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!