नेपाली नायिका वर्षा राउत आफ्नो विवादास्पद अभिव्यक्तिका कारण विवादमा आएकी छन् । भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयमा सिंगो नेपाली एकजुट भइरहेका बेला नायिका राउतको भने विवादास्पद अभिव्यक्ति दिएकी कारण अहिले विवादमा तनिएकी हुन् ।

राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठेरो परेको बताएकी छिन् ।

हालै जारी गरिएको एक भिडियोमा राउतले नेपाल–भारतका पत्रकारले सीमाको विषयलाई लिएर अनावश्यक पैचार गर्दा आफूलाई समस्या भएको बताइन् । उनले भूमिको समस्या दुई देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् ।

उनले भनेकी छिन्, ‘भुमिको विषयमा नेपालले मेरै भूमी भन्नेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नु पर्छ, दुई देशका पत्रकारहरुले यसलाई झगडा बनाउँदा मैले मेरा भारतीय साथिहरुसँग कसरी फेस् गर्ने र भारतीय मेरा साथीले मसंग कसरी फेस् गर्ने के ?’

उनको यो विवादास्पद अभिव्यक्तिका कारण अहिले सामाजिक सञ्जालमा उनको विरुद्ध चर्को आलोचना भइरहेको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!