बन्द रहेको पशुपति ताम्रगङ्गास्थित विद्युतीय शवदाह यन्त्र आइतबारदेखि पुनः सञ्चालन हुँदैछ । शवदाह गृहको निर्मलीकरण पूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो ।

कोरोना भाइरस सङ्क्रमित (कोभिड–१९) सिन्धुपाल्चोककी एक सुत्केरी महिलालाई जेठ ३ गते साँझ यन्त्रबाट दहन गरिएपछि यसलाई बन्द गरिएको थियो । शवदाह गृहसमेत हेर्ने पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले भने, “निर्मलीकरण प्रक्रिया पूरा भएको छ । आइतबारदेखि यन्त्र चालू हुन्छ । ’’

विगतमा चौबीसै घण्टा चालू गरिँदै आएको यन्त्र अब भने बिहान ८ देखि साँझ ७ बजेसम्म आएका शवलाई दाह गर्ने गरी चलाउन लागिएको जानकारी उनले दिए । सुत्केरी महिलाको शवदाह गर्दा संलग्न नौ जना कर्मचारीलाई गृह परिसरमा क्वारेन्टाइनमा राखिएको थियो । अब तिनलाई नजिकैको किरियापुत्री घरको एक खण्डमा स्थानान्तरण गरिएपछि शवदाह सञ्चालनमा आउन लागेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!