रसुवागढी नाकामा काम गर्ने सुरक्षाकर्मीलाई जाँच परीक्षणमा सहज बनाउन चीन सरकारले आवश्यक सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

बिहीबार हस्तान्तरित सामग्रीमा ब्यागेज स्क्यानर, वाक थ्रु गेट एक/एक थान एवं मेटल डिटेक्टर पाँच थान रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

एकीकृतरूपमा भन्सारलगायत सुरक्षा अङ्गलाई व्यवस्थित जाँच परीक्षण भवनको निर्माण अगाडि बढिरहेको छ । यस्तो अवस्थामा सुरक्षा अङ्गबाट हातले छामेर भए पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेको र प्राप्त सहयोग सामग्रीले जाँच परीक्षणमा थप मद्दत पुगेको सशस्त्र प्रहरी २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बताए ।

यसअघि पनि चीन सरकारले कोभिड–१९ लाई ध्यानमा राख्दै रसुवा जिल्लालाई तीन चरणमा खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गरिसकेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!