नेपालमा भैरहेको सिमा बिवादले यतिबेला सामाजिक संजालमा उग्र रुप लिएको छ ।नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा राखेर नया नक्सा सार्बजनिक गरे पश्चात् यो बिषयले चर्चा पाएको हो । यसको अहिले नेपालमा वाहवाही र भारतमा बिरोधको आवाज गुन्जिरहेको छ । यता नेपाली चेली मनिषा कोइराला बिरुद्ध भारतिय मिडियाले एकोहोरो रुपम गरिरहेको अत्याचारको नायिका बर्षा राउतले पनि बिरोध जनाएकी छिन् । मनिषा कोइरालाले आफ्नो जन्मभूमिप्रति गरेको व्यवहार जायज भएको बर्षाको भनाई ।

बर्षा राउतले आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखेकी छिन्, ‘पसिना बेच्न सकिन्छ, आमा होईन ! मनीषा कोईराला दिदीले आफ्नो आमा माथि हस्तक्षेप सहनु भएन । त्यसैले उहाँले आफ्नो अपमानसँग नडराई मातृ भूमीको सम्मान मा उभिनु भयो । आज भारतिय मिडियाले उहाँ माथी गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली चलाचित्रकर्मीले बिरोध गर्न जरुरी छ । र, मनिषा दिदीको स्वाभिमानलाई अझै मजबुत बनाउन साथ दिन जरुरी छ । हाम्रो मातृ भूमि र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!