यतिबेला कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा पार्दै नेपालको नया नक्सा सार्बजनिक पश्चात् यो चर्चाले उग्र रुप लिएको छ । दुई देश भारत र नेपाल बिच यतिबेला घम्साघम्सि नै चलिरहेको छ । अझै नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोईरालाले नेपालको नया नक्सालाई स्वागत गर्दै गरेको ट्विटले त यतिबेला तहल्का नै पिटिरहेको छ । नेपालमा उनलाई समर्थन गर्नेको लहर छ भने भारतमा बिरोध गर्नेको लर्को लागेको छ । उनको २ खाले चर्चा यतिबेला दुई देशमा चलिरहेको छ । नेपालमा उनलाई नेपाली तथा विभिन्न सेलिब्रेटीहरुले समर्थन जनाईरहेका छन् ।

नायिका पुजा शर्माले मनिषाको समर्थन गर्दै फेसबुक एकाउन्टमा मनिषाको एक तस्वीर सहित पोस्ट गरेकी छन । उनले लेखेकी छन् “भारतीय मिडीयाले भारतीय जनताको मन जित्न सफल नायिका मनीषा कोईरालाले समेत नेपालको जमीन हो भन्दै नेपालको पक्ष लिइन के साच्चै लिम्पियाधुरा, लिपुलेक , कालापाी नेपालको होत ? खास तथ्य सत्य केहो भनेर इतिहास केलायर समाचार बनाउने र खोजी गर्ने तेती ठुलो देश भारत भरिनै कुनै मिडीयानै रहेनछ यो दुःखद कुरा हो । मनीषा दिदीले भारतको नुन भिख मागेर खानुभयको हैन आफ्नो कलाकारितामा उभियर खानुभयको हो मनीषा दिदीको योगदानलाई लत्याउदै उल्टै अपशब्द बोल्ने मिडीया प्रति टीठ लागेर आयो

नेपालीहरु काम र कर्मको सिलसिलामा सन्सारभर होलान तर जब देश र आफ्नो जमीनको कुरा हुन्छ तेतीबेला देशकै पक्षमा बोलीन्छ जन्मदिने आमालाई पराई ठानेर मेरै आमाको अङ्ग लुच्छने पराईलाई आमा भन्न सकिदैन चेतना भया | अर्को दुःख यसमा लागेको छकी भारतीय मिडीयाले नेपाल र मनीषा दिदीको बारेमा ठुलो ठुलो स्वरमा नानाभती भनीरहदा नेपालका मिडीयाहरुले खासै आवाज उठाउन सकेनन”

यस्तै चर्चित संचारकर्मी रवि लामिछाने पनि उनको समर्थनमा ओजपुर्ण शब्दहरु आफ्नो फेसबुकमा लेखेका छन् । उनले “मनिषा कोईरालाको एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ । कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिनन त?  And I strongly suggest all Indian medias  to study your own map that was submitted to the United Nations by your own government. Please  take a look at our political map issued officially today.” लेखेका छन् ।

उनले आजको कार्यक्रम “सिधाकुरा जनता संग”मा पनि यो बिषयमा खरो प्रस्तुति राख्ने तयारी गरेरहेको फेसबुकमा लेखेका छन “आजको कार्यक्रमको विशेष तयारीमा छौ । भारतीय मिडिया जस्तो बकम्फुसे हल्ला हैन, तथ्य र प्रमाणमा बोल्ने प्रयासमा छौ। I would like to recommend fellow Indian Journalists to check the history, collect the evidences,read them all until you understand the fact and then enter to your studios. Or STOP NONSENSE.”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!