शुक्रबार, पौष ११, २०७६ || 1349  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,  पौष ११:राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “आरबीबी इमपावरमेन्ट एकेडेमी” को दोस्रो चरणको कार्यक्रममा प्रदेश नम्बर १ का ५० जना युवा जनशक्तिलाई तालिम प्रदान गर्ने भएको छ ।

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै बैंकले अनलाइन आवेदनमार्फत निश्चित क्राईट्रेरियाको माध्यमबाट छनौट भएका ५० जना युवा जनशक्तिहरुलाई ३ दिने तालिम प्रदान गरिने बताईएको छ । फाईनान्सियल ट्रेनिङ सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्य सहित सुरु गरिएको यस एकेडेमीबाट बिशेष गरी युवावर्ग लाभान्वित हुने बताईएको छ । यस एकेडेमीले २०७६ पौष १२ गतेबाट निःशुल्क आवेदन दिनसक्ने गरी पौष २५ देखि २७ गतेसम्म विराटनगरमा वित्तीय तथा बैंकिङ क्षेत्रमा रोजगारी दिलाउनका निम्त्ति ३ दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बिषयमा आधारित तयारी सञ्चालनमा ल्याउन गईरहेको छ ।

प्रदेश नं. १ मा कुनै प्रकारको जागिरमा आबद्ध नभई स्नातक वा स्नात्तकोत्तर डीग्री हाँसिल गरेका कलेजका विद्यार्थीहरुलाई लक्षित गरी आवेदन आह्वान गरिएको राष्ट्रिय वाणिज्य बैंकका डेप्युटी सि.ई.ओ केशव कुमार लम्सालले बताउनुभयो । उहाँले वित्तीय क्षेत्रका अनुभवी बैंकर्सहरुद्धारा निःशुल्क रुपमा दिइने यस ३ दिनको तालिम पश्चात सहभागी ५० जनालार्ई बैंकले दैनिक ५ सय १७ रुँपैयाको हिसाबले ३ महिनाको पेड इन्टर्नमा राख्ने जानकारी समेत दिनुभयो ।

५५ बर्षको गौरवमय ईतिहास बोकेको यस बैंकले युवा वर्गको वृत्ति विकास र समाजलाई सुखी नेपाली, समृद्ध नेपालको साझा राष्ट्रिय सपना साकार पार्न तर्पm डोर्याउन उल्लेखनीय भुमिका निर्वाह गर्ने विश्वास बोकेको छ । बैंकले नेपालमा अन्य प्रदेशहरुमा पनि यो तालिम सञ्चालन गर्ने योजना बनाईरहेको छ भने प्रदेश नं. ३ मा यो तालिम सम्पन्न गरिसकेको छ । यता बैंकले गत आ.ब. २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुँपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ ।
हालसम्ममा बैंकले हाल सातै प्रदेशको ७७ वटै जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा ए.टी.एम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!