हिपमत डटकम
इटहरी, पौष ११:तिनै बरिष्ठ कालाकार नेपाली फिल्म क्षेत्र तथा सम्पूर्ण नेपालीले गुमाउनु परेको यथार्थ हामि माझ छ । नेपाली क्षेत्रमा लामो समयदेखि निरन्तरता दिईरहेका बरिष्ठ अभिनेता, निर्माता तथा चलचित्र बिकाश बोर्डका कार्यकारी अध्यक्ष केशब भट्टराई र नेपाली फिल्म क्षेत्र कै बरिष्ठ कलाकार दीपक क्षेत्री र आनन्द थापा ३ जना कलाकार एकै समयमा गुमाउनु परेको पिडा अझै पनि आलै छ ।

सो दुखद घडीमा नेपाली फिल्म क्षेत्रले गुमाउनु परेको दिग्गज व्यक्तित्वलाइ आज १३ औ दिनको सोकाकुल घडीमा सुनसरीको इटहरी संगीत चोक स्थित आज श्रद्दान्जली शोक सभा गरिएको छ । जसमा ईटहरी तथा पुर्वमा रहेर नेपाली फिल्म क्षेत्रमा संघर्ष गरिरहेका कलाकारहरु, गित संगीत क्षेत्रका हस्तीहरु सगभागी भएका थिए भने स्वर्गीय ३ जनालाई नै आत्माको चिर शान्तिको कामना गरे । हेर्नुस भिडियो

कलाकारहरु राष्ट्रका ढुकढुकि हुन् जसमा रहेको कलालाई मर्न नदिनु सम्पूर्ण व्यक्तिको दायित्य हो भन्दै संगीत साधनाका महा सचिबले आफ्नो मन्तब्य राखे भने चलचित्र कलाकार संघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पनि आफुसंग पछिल्लो समय भट्टराई संगको पछिल्लो भेटलाई सम्झिए । जन्मपश्चात मृत्यु त अबस्य नै हुन्छ तर पनि अचानक केहि दिन अघिमात्र नेपाली फिल्म क्षेत्रका बरिष्ठ कलाकारहरु जसले अन्य धेरै कालाकारहरु फिल्म क्षेत्रमा जन्माएको थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!