हाल देशमा स्थानीय वायुको प्रभावसँगै अम्फान चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ। चक्रवातको अप्रत्यक्ष प्रभावले मौसम बदलीसँगै पूर्वी भू–भागका धेरै स्थानहरु, मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । साथै हिमाली भू–भागहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसको कारणले खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

हाल देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश का सबै भू–भाग लगायत प्रदेश नं ५ को केहि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ भने बाँकी सबै भू–भागमा सामान्य बदली रही थोरै स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

बुधबार देशको पूर्वी भू–भागहरुमा पूर्ण बदली तथा मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ। पूर्वी भू–भागका धेरै स्थानहरु, मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। पूर्वी तथा मध्य उच्च हिमाली भू–भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत सम्भावना रहेको छ।

बिहीबार पनि देशको मध्य तथा पूर्वी भू-भागहरुमा पूर्ण बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरु र पश्चिमी भू–भागका १–२ स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार देशको पूर्वी भू–भागहरु लगायत मध्य र पश्चिमी पहाडी भू–भागमा सामान्यतया बदली रहि बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू–भागका केहि स्थानहरु साथै मध्य र पश्चिमी पहाडि भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!