मंगलबार, जेठ ०६, २०७७ || 807  पटक पढिएको

नेपालमा आज थपिएको २७ जना कोरोना संक्रमित मध्ये एक जना मोरङको पथरी शनिश्चरेको रहेका छन् । संक्रमित युवा सुनसरीको पकलीमा सशस्त्र प्रहरी बलमा कार्यरत रहेको पाइएको छ ।

मंगलबार कोरोना अस्पताल विराटनगरमा परीक्षण गरिएको पिसिआरमा कोरोना पोजेटिभ देखिएको पथरी शनिश्चरे नगरपालिकाका नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए । गएको चैत्र ९ गते घरमा आएका उनि चैत्र १० गते नै कार्यक्षेत्रमा फर्किएको परिवारले जानकारी दिएको छ । संक्रमितको परिवारसँग सोधबुझ गरेको र संक्रमितको थप ट्राभल हिस्ट्री बुझ्ने काम भइरहेको आचार्यले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रदेश १ को ११ जना सहित २७ जनामा संक्रमित भएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!