एक अमेरिकी कम्पनीले कोरोना भाइरस (कोभिड–१९) को खोपको मानिसमा गरिएको परीक्षण सफल भएको दाबी गरेको छ । अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सबैभन्दा पहिला परीक्षण गरिएका आठ जना मानिसमा कोरोना भाइरसलाई मार्न सक्ने एन्टिबडी विकास भएको पाइएको बताएको छ ।

कम्पनीले अनुसन्धानमा सहभागी मानिसमा प्रतिरक्षा प्रतिक्रिया वास्तविकरुपमा कोभिड–१९ बाट संक्रमित मानिस बराबर पाइएको थियो ।

वास्तवमा नै यो खोप कोरोना भाइरसको संक्रमण रोक्न फलदायी हुने वा नहुने भन्ने सुनिश्चित गर्न आगामी जुलाई महिनामा यसको परीक्षण शुरु हुने अपेक्षा छ । अहिले विश्वभर कोरोना भाइरसको खोप निर्माणको काम अभूतपूर्व गतिमा भइरहेको छ । अहिले विश्वभरका ८० समुह कोरोना भाइरसको खोप निर्माणको लागि काम गरिरहेका छन् ।

खोप तयार भएपछि अधिकांश मानिसको प्रतिरक्षा प्रणालीलाई कोेरोना भाइरससँग लड्न सक्ने बनाउन सकिने अपेक्षा छ । जसको कारण कोरोना भाइरसको कारण मानिस बिरामी पर्दैैनन् । साथै लकडाउनलाई पनि सुरक्षितरुपमा हटाउन सकिन्छ । स्रोत : बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!