शुक्रबार, पौष ११, २०७६ || 1177  पटक पढिएको

एक यात्रीले याङ्सी घाँटीनिर रहेको छू राज्यमा जाने निधो गर्‍यो र घोडा चढेर उत्तरतिर लाग्यो ।बाटोमा भेट्टिएको एकजना मान्छेले भन्यो, “ए भाइ, तपाईं गलत दिशातिर जाँदै हुनुहुन्छ । ‘छू’ राज्य त यताबाट दक्षिणतिर पर्छ । दक्षिण पुग्न दक्षिणै जानुपर्‍यो नि !”

के भो र मेरो घोडा एकदमै छिटो दगुर्न–

सक्छ !”

“तपाईंको घोडा जतिसुकै छिटो दगुरोस्, उत्तरतिर दगुरेर दक्षिण त पुग्दैन होला नि !”

“के फरक पर्छ र ? मसँग प्रशस्त पैसा छ !”

“तपाईंसित पैसा जतिसुकै होस्, तपाईं गलत दिशातिर जाँदै हुनुहुन्छ । तपाईं ठीक ठाउँमा कहिल्यै पुग्न सक्नुहुन्न !”

“केही फरक पर्दैन । मसित एकदम राम्रो दुरबीन छ ।”

यात्रीले सही मान्छेको सही कुरा सुनेन ! आफ्नो गल्ती सकारेन । गलत दिशातिर अगाडि बढिरह्यो । बढिनैरह्यो । यसरी एकदमै गतिलो घोडा, प्रशस्त खर्च र टाढासम्म देखिने दुरबीन साथमा भएर पनि त्यो यात्री आफ्नो गन्तव्यबाट टाढिँदै गयो । झन् झन् टाढिँदै गयो । वर्षौं यात्रा गरेर पनि आफू पुग्न चाहेको ‘छू’ राज्यमा कहिल्यै पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!