हिपमत डटकम
बिराटनगर,पौष ११ गते। नगरवासीलाई स्वच्छ पिउने पानि उपलब्ध गराउन विराटनगर महानगरपालिकाले पिउनेपानि सुधार परियोजना संञ्चालनको तयारी थालेको छ । दातृ निकाय जापानी सहयोग नियोग(जाईका)कोसहयोगमा सो परियोजना संञ्चालनमा ल्याउने तयारी भएको हो । १० अर्ब लागत लाग्ने अनुमान गरिएको परियोजनाबारे जाईको टोलिले अध्ययान शुरुगरेको हो ।
महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा नगरवासीलाई शुद्ध पिउने पानि उपलब्ध गराउन ‘एक घर एक धारा अभियान’ सञ्चालनमा ल्याउने बताए अनुसार खानेपानी समस्याको दीर्घकालिन सामाधान गर्न शुरु गरिएको महानगर प्रमुख भिम पराजुलीले बताउनुभयो । पाँच अर्बलागतको ढल, नाला तथा सडक निर्माण परियोजना सकिन नपाउदै महानगरपालिकाले अर्को ठूलो परियोजना सञ्चालनको तयारी थालेको हो ।
महानगर प्रमुख पराजुलीका अनुसार विराटनगर महानगरपालिकाले आफ्नै स्रोतबाटसमेत पिउने पानि सुधार अभियान थालिसकेको छ । तर, महानगरको आन्तरिक स्रोतले मात्रै महानगरको खानेपानी समस्याको समाधान गर्न सम्भव नभएका कारण दातृ निकायससमेत सहयोग मागिएको पराजुलीको भनाई छ ।
पराजुलीले विराटनगरको १९ वटै वाडामा शुद्ध खानेपानी उपलब्ध गराउन पिउने पानि सुधारको नयाँ परियोजना सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । जाईकासंग विराटनगरको प्रथमिकताका आधारमा पहिलो चरणमा ५ अर्बको आयोजना निर्माण गर्ने तयारी भइरहेको नगर प्रमुख पराजुलीले बताए । उहाँका अनुसार महानगरपालिकाले थप ओभर हेड ट्यांकी निर्माणका लागिसमेत जग्गा उपलब्ध गराई सकेको छ ।

विराटनगरमा सञ्चालन भएका मझौला सहरको एकिकृत वातवरणीय सुधार परियोजना, शहरी विकास परियोजना, छ लेन सडक विस्तार आयोजना, सघन शहरी विकास आयोजनालगायतका आयोजनाहरूले विराटनगरको ढल, नाला तथा सडक निर्माणको कामभईरहेका छन । ती आयोजनाले काम गरेका स्थानमा खानेपानीको पाइललाईन छोपिएको, विग्रीएको र कतिपय स्थानमा ढल तथा फोहोर पानीसमेत मिसिएका कारण विराटनगरमा वितरण गरिएको धाराको पानी प्रदुषित भएकाले शुद्ध पिउने पानिकालागी उक्त योजना शुरु गरिएको विराटनगर महानगर पालिकाका सामाजिक विकास अधिकृत पुनम दाहालले जानकारी दिनुभयो ।

विराटनगरमा ५० वर्ष पुराना पाइपलाईनबाटसमेत खानेपानी वितरण भइरहेको छ । पुरानो र जिर्ण पाइपलाइनका कारण नेपाल खानेपानी संस्थान विराटनगरले बितरण गरेको खानेपानीमा विगत ६ वर्ष पहिले देखि नै समस्या देखिंदै आएको छ । प्रदुषित खाने पानीकै कारण छ वर्ष पहिले विराटनगरमा जण्डिसले महामारीकै रुप लिएको थियो । प्रदुषित पानीका कारण १८ जनाले ज्यान गुमाएका थिए भने ४ हजार बढीमा जण्डिस देखिएको थियो । जसका कारण विराटनगरवासीले खानेपानी संस्थानको पानी पिउनसमेत छाडिसेका छन् । विराटनगरका बहुसंख्यक उपोभोक्ताले चापाकलको पानी पिउने गरेका छन् । विराटनगरमा जार र वोतलको पानी पनि पिउनेको संख्या पनि बढ्दो छ । धाराको पानी पिउन योग्य नभए पछि नगरवासी जार र बोतलको पानी पीउन बाध्य भएको विराटनगर २ का सुभाष कामतले बताउनुभयो ।
विकास निर्माणका कामले खानेपानी प्रदुषित भएकाले महानगरमा बितरित खानेपानीको संरचना नै परिवर्तन गर्नुपर्ने अवस्था अएको विराटनगर महानगर पालिकाका सामाजिक विकास अधिकृत दाहालको भनाई छ । दाहालका अनुसार महानगरका बहुसंख्यक सडक सडक निर्माणका क्रममा छन् । कतिपय निर्माण भइसकेका छन् । सडक निर्माणका क्रममा खानेपानीको सबैजसो पाइपलाइन काम नलाग्ने अवस्थामा पुगेका छन् ।

पुन ः सडक भत्काउनु पर्ने

महागरका धेरैजासो कालेपत्रे सडकको वीच भागमा खानेपानीको पाइपलाईन पर्ने भएकाले धारा मर्मत गर्न र नयाँ धारा जडान गर्दा कालेपत्रे सडक नै भत्काउने पर्ने अवस्था छ । सडक विस्तार भएसंगै पुरानो पाइपलाईन कामै नलाग्ने भएकाले सबै सडकको पाइपलाइन फेर्ने योजना महानगरपालिकाले अघि बढाएको हो । सडक निर्माण भएपछि विराटनगरमा वितरण गरिएको खानेपानीको कुनै पनि पाइप काम लाग्ने अवस्थामा नभएकाले सबै पाइप फेर्नेतयारी गरिएको महानगर प्रमुख पराजुलीले बताउनु भयो । खानेपानीको पाइपलाईन सडको दुवैपट्टी विस्तार गर्ने योजना अनुसार जाइकाले दुई महिना अघि देखि अध्ययन सुरू गरिसकेको पराजुलीको भनाई छ ।
जाइकाले १० महिना भित्रमा अध्धयन सक्ने छ । विराटनगरमा हाल कायम सबै सडकमा सडकको दुबैपट्टी खानेपानीको पाइप बिछ्याउन आबश्यक पाइप, खानेपानीको स्रोत सुधार, थप खानेपानी ट्यांकी निर्माण र खानेपानी सुद्धिकरणलगायतका लागि आबश्यक बजेटको बिस्तृत बिबरण अध्ययन पछि स्पष्ट हुने छ ।
महानगरले खानेपानिको पाईप फेर्न थाल्यो
विराटनगरको तीनपैनी देखि महानगरपलिका र तीनपैनी देखि अस्पताल चोक सम्मको सडक खण्डको दुबैपट्टी खानेपानीको पाइप फेर्ने काम थालिएको छ । महानगरका सामाजिक विकास अधिकृत पुनम दाहालका अनुसार आन्तरिक स्रोतबाट महानगरपालिकाले खानेपानीको पाइप फेर्नेकाम सुरू गरिसकेको हो ।
महानगरपालिकाका सबै सडकको दुबैपट्टी खानेपानीको पाइप राखिने भएकाले गेट र कम्पाउण्ड लगाउने नगरवासीलाई महानगरपालिकाको अनुमति नलिई पर्खाल नलगाउन महानगरपालिकाले सचेत गराएको जनाएको छ । महानगरपालिकाको अनुमति नलिई पर्खाल लगाए खानेपानीको पाईपलाईन बनाउने वेलामा पुनः दिवाल भत्काउनु पर्ने भएकाले महानगरको अनुमति नलिई नबनाउन सचेत गराईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!