शुक्रबार, जेठ ०२, २०७७ || 627  पटक पढिएको

भीमदत्त नगरपालिकाले ‘एक सामुदायिक वन, एक पोखरी अभियान’ सञ्चालन गरेको छ । सामुदायिक वनभित्र रहेका वन्यजन्तुलाई चर्को गर्मीमा पानीको समस्या हुन नदिनका लागि पोखरी निर्माण गर्ने अभियान सञ्चालन गरिएको हो । नगर क्षेत्रका सबै सामुदायिक वनमा पोखरी निर्माण अभियान शुरु गरिएको छ । वन क्षेत्रमा पानीको सतह सुक्दै जान थालेपछि वन्यजन्तु सामुदायिक वन छाडेर पलायन हुने गरेका कारण नगरपालिकाले पोखरी निर्माण गरी पानीको व्यवस्थान गर्न थालेको हो । भीमदत्त नगरपालिका–७ हल्दुखालको सिद्ध सामुदायिक वनबाट पोखरी निर्माण शुरु गरिएको छ । पानीको अभावमा सामुदायिक वनबाट लोप हँुदै गएका जीवजन्तु र चराचुरुङ्गी जोगाउनका लागि पोखरी निर्माणको अभियानलाई नगरपालिकाका सबै सामुदायिक वनमा सञ्चालन गरिएको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । सामुदायिक वनको जैविक विधिता जोगाउन र जीवजन्तुको बासस्थान सुरक्षा गर्नका लागि पोखरी निर्माण अभियान कार्यक्रमले सघाउ पु¥याउने उहाँले बताउनुभयो । सामुदायिक वनका अध्यक्ष रङ्गी बोहराले पोखरी निर्माणले वन्यजन्तुलाई पानीको सुविधा हुने बताउनुभयो । “वनको उत्तरी क्षेत्र तालडाडामा एउटा पोखरी छ । अब यो पनि बन्छ । यसबाट जनावरलाई पानी खान सजिलो हुन्छ”, उहाँले भन्नुभयो । पोखरी निर्माणका लागि रु नौ लाख खर्च हुनेछ । सिद्ध सामुदायिक वनमा ५०० बढी घरधुरी छन् । यसअघि मटेनाको बैजनाथ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । भीमदत्त नगरपालिकाको पाँचौँ नगरसभाबाट चालू आर्थिक वर्षका लागि एक सामुदायिक वन, एक पोखरी निर्माण कार्यक्रम पारित गरिएको थियो । नगरपालिकाको उत्तरी क्षेत्रमा आठ सामुदायिक वन रहेका छन् । घुम्ती पसल सेवा बन्द लकडाउनको समयमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालन गरिएका घुम्ती पसल सेवा बन्द गरिएका छन् । लकडाउनको समयमा स्थानीयवासीलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले गत चैत २२ गतेदेखि सञ्चालन गरिएको सो पसल सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले सबै प्रकारका पास रद्द गर्ने निर्णय गरेपछि शुक्लाफाँटा नगरपालिकाले घुम्ती पसल सञ्चालनका लागि दिइएको अनुमति रद्द गरिएको हो । नगरपालिकाको कोरोना भाइरस नियन्त्रण प्रतिकार्य नगर समन्वय समितिको बैठकले घुम्ती पसल सेवा बन्द गर्ने निर्णय गरेसँगै सो सेवा सञ्चालन नगर्नका लागि निर्देशनसमेत जारी गरिएको नगरप्रमुख दिलबहादुर ऐरले बताउनुभयो । नगरपालिकाले दैनिक छ वटा गाडीमार्फत अत्यावश्यक खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री नगरवासीको घरदैलोमा नै उपलब्ध गराउँदै आएको थियो । “घुम्ती पसल सेवा प्रभावकारी नभएको र बन्दाबन्दीको पालना नगरी सेवा सञ्चालन गरिएका गुनासासमेत आएकाले सेवा नै बन्द गरेका छौँ”, उहाँले भन्नुभयो, “सामाजिक दूरी कायम नगरिएको र बढी व्यक्तिको जमघट हुन थालेपछि सेवा बन्द गरिएको छ ।” नगरभित्र बिहान ६ देखि ९ बजेसम्म सामाजिक दूरीको ख्याल गरी अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको पसल खोल्न अनुमति दिनका लागि समन्वय समितिले कार्यपालिकाबाट अनुमति माग गर्ने निर्णय पनि गरेको छ । सञ्चालनमा रहेका खाद्य पसल अनुगमनको कार्यलाई कडाइका साथ पालना गर्ने निर्णयसमेत गरिएको छ । नगरभित्रका महत्वपूर्ण विकास निर्माणकार्य अगाडि बढाउनका लागि नगरपालिकाले गृहकार्य समेत अगाडि बढाएको छ । यसअघि सेवा प्रभावकारी नभएपछि भीमदत्त नगरपालिकाले सञ्चालन गर्दै आएको घुम्ती पसल सेवासमेत बन्द गरिएको थियो । ग्रामीण सहकारीले उपभोक्तालाई महसुलमा छुट दिने कञ्चनपुरको बेदकोट नगरपालिकाका चार ग्रामीण विद्युत् सहकारी संस्थाले बन्दाबन्दीको समयलाई मध्यनजर गर्दै ग्राहस्थ महसुलमा छुट दिने घोषणा गरेका छन् । अतिविपन्न परिवारलाई ग्रामीण विद्युत् सहकारी संस्थाले चैत र वैशाख महिनासम्मको शून्यदेखि ४० युनिटसम्म खपत भएका ग्राहस्थ उपभोक्ताले घरबत्ती जडानको हकमा कूल रकमको ५० प्रतिशत र ४० देखि माथि युनिट खपत भएका ग्राहस्थ उपभोक्तालाई २० प्रतिशत छुट दिने घोषणा गरेको वडा नं २ का वडाध्यक्ष नरेशबहादुर सिंहले बताउनुभयो । नगरपालिकको वडा नं १, २ र ३ का लोकतान्त्रिक, चन्द्रज्योति, गणेश र बेदकोट ग्रामीण विद्युत् सहकारी संस्थाले बन्दाबन्दीका बेला अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने ग्राहस्थ उपभोक्तालाई विद्युत् महसुलमा छुट दिने भएका छन् । बन्दाबन्दी घोषणा भएको समयदेखि असार मसान्तसम्मको हर्जानासमेत नलाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!