शुक्रबार, जेठ ०२, २०७७ || 1063  पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना महामारीका लागि चीनको आलोचना गर्दै उससँग सम्बन्ध तोड्ने धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले फक्स बिजेनससँगको कुराकानीमा भने, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं ।’ ट्रम्पले पुनः आफैंले सोधे, ‘यदि यस्तै भए के होला ? ’ र जवाफ दिए, ‘यदि सबै सम्बन्ध तोड्नुभयो भने तपाईंले आफ्नो ५ सय अर्ब डलर बचाउनुहुनेछ ।’ ट्रम्पको इशारा चीनसँगको द्वीपक्षीय व्यापारमा अमेरिकाको विशाल घाटातर्फ थियो ।अमेरिका पछिल्लो केही समयदेखि चीनमाथि भाइरसका लागि क्षतीपूर्ती दिनका लागि दबाब बनाइरहेको छ । अमेरिकाले चीनमाथि महामारीको सुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ । तर चीनले लगातार यो आरोप अस्विकार गर्दै आएको छ । ट्रम्पकोे चीन–विरोधी बयानलाई मानिसहरुले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको रणनीतिको रुपमा हेरिरहेका छन् ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!